इजरायलमा सुरक्षित छु, नेपाल आउन कुराकानी भइरहेको छ : सावित्रा भण्डारी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

इजरायलमा सुरक्षित छु, नेपाल आउन कुराकानी भइरहेको छ : सावित्रा भण्डारी


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘शाम्बा’ले आफू इजरायलमा सुरक्षित रहेको बताएकी छन्।

उनी हापोइल रानाना क्लवबाट इजरेली प्रिमियर लिग खेल्न गत साउनमा इजरायल गएकी थिइन्। त्यसयता क्लबले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आएकी थिइन्।

शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछि भने आफू इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा रहेको उनले बताइन् ।

त्यहाँबाट आफू खेलिरहेको क्लबले नेपाल फर्काउन कोशिष गरेको भएपनि फ्लाइट नहुँदा आफू रोकिएको उनले बताइन्।

क्लबले दूतावाससँग समन्वय गरिरहेको उनले बताइन्। प्रत्येक घण्टामा नेपालमा आफन्तसँग कुराकानी भइरहेको पनि उनले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस