काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलाको एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।