काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्त्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिए ।
मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशील विषय उनको भनाइ छ । कुनै पनि धर्मप्रति आस्था राख्न पाइने तर मुलुकमा परिवर्तन गर्न सोचेजस्तो सहज ओलीले बताए । नेपाललाई हिन्दु राष्ट्र बनाउन संसदको दुईतिहाई मत चाहिने उनको प्रस्टोक्ति थियो ।
विद्वेष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने उनको भनाइ छ । ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महँगी र मूल्यवृद्धि हुँदा समेत नेपाली काँग्रेस चुप लागेर बसेको भन्दै काँग्रेस कहाँ छ ? भनेर प्रश्न गरे ।
कोशी प्रदेशमा मध्यावधि निर्वाचन कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै उनले यसका लागि राजनैतिक दलहरू संवेदनशील हुनुपर्ने बताए । दलहरू मिल्नुको विकल्प नभएकाले मध्यावधि बाटो जान नहुने ओलीले बताए । यदि निर्वाचन भइहाले बहुमत ल्याउनेमा एमाले ढुक्क रहेको उनको दाबी छ ।