२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेवीवेटलाई ‘हेवी’ चुनौती

अ+ अ-

नुवाकोट । नुवाकोटबाट पटक-पटक चुनाव जितेका उम्मेदवारलाई यस पटक चुनौति देखिएको छ । बाम गठबन्धन बनेकाले पहिलेको विरासत जोगाउन खासगरी कांग्रेस उम्मेदवारलाई कठिन देखिएको छ । ०५१, ०५६ ०६४ र ०७० साल गरी चार पटक नुवाकोटबाट सांसद् बनेका डा. रामशरण महत पहिलेभन्दा अहिले निर्वाचनको प्रचार प्रसारमा बढी कसिनु परेको छ । नुवाकोट क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. महत छ पटक अर्थ मन्त्री र एक पटक पराराष्ट्र मन्त्रीको जिम्मेवारी समालीसकेका व्यक्ति हुन् ।

उम्मेदवार छनोट ढिलो भएकाले प्रचारका लागि समय कम भएको तथा बाम गठबन्धन मिलेर लागेका कारण निर्वाचन आफ्नो पक्षमा पार्न सहज नभएको डा. महत स्वीकार्छन । पार्टीमा दिएको योगदान तथा विकासका लागी धेरै काम गरेकाले मतदाताले आफूलाई भोट दिने उनको दावी छ । ‘मतदाताले लोकप्रियता र विकासका काममा पुर्‍याएको योगदान हेर्छन् । स्थानिय तहको मतलाई मात्रै आधार बनाएर प्रतिनिधी सभा चुनावका लागि आँकलन गरिनु गलत हुने छ’, डा. महतले भने ।

नुवाकोटमा स्थानिय तहमा कांग्रेसले सात र नेकपा एमालेले दुई नगरपालिकासहित तीन स्थानमा र माओवादीले दुई स्थानमा विजय हासिल गरेको थियो । क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा उत्रिएका अर्का कांग्रेस नेता अर्जुन नरसिंह केशी पनि निर्वाचन प्रचारमा राम्रै सँग खटिएका छन् । स्थानिय विकासका मुद्धादेखि राष्ट्रिय राजनीतिका मुद्धा लिएर घरदैलो गरिरहेका उनी बाम गठबन्धनका कारण यस पटकको निर्वाचन बढी प्रतिस्पर्धात्मक बनेको स्विकार्छन् । क्षेत्र नं. १ मा केशीसंग एमालेका नारायण खतिवडा प्रतिस्पर्धामा उत्रिएका छन् ।

०६४ सालको संविधान सभा निर्वाचनमा कांग्रेसले एक स्थान र माओवादी दुई स्थानमा विजयी भएको थियो भने ०७० सालमा तीन वटै क्षेत्रमा कांग्रेसले जितेको थियो । नुवाकोटबाट ०७० सालको संविधान सभामा नेपाली कांग्रेसले ४७ हजार दुई सय ६९, नेकपा एमाले १७ हजार आठ सय ३६ र माओवादीले २६ हजार नौ सय २९ मत प्राप्त गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments