काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा दोहा प्रस्थान गरेका छन् ।
नेपाली समुदाय र श्रमिकहरूसँग छलफल तथा भेटघाटका लागि लिङदेन कतारतर्फ लागेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
लिङ्देनको भ्रमण दलमा प्रवास विभाग प्रमुख तथा राप्रपा केन्द्रीय सदस्य आनन्द अधिकारी पनि सहभागी छन् ।
उनले कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।