सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनबारे गृहमन्त्री र एमाले पुनः छलफलमा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनबारे गृहमन्त्री र एमाले पुनः छलफलमा


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ। सुन तस्करीको विषयमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमाले नेताहरू फेरि छलफलमा जुटेका छन् ।

यसअघि आजैको बैठकमा एमालेको प्रस्ताव गृहमन्त्रीले अस्वीकार गरेका थिए ।

एमालेले सरकारले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न प्रस्ताव गरेको थियो ।

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकले गत भदौ ६ गते सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग असोज ५ गते बनाउने निर्णय गरेको थियो ।

उक्त सहमतिमा आयोगलाई विदेशबाट सिग्रेट (भेप्स) र ब्रेक शुमा राखी अवैध पैठारी ९तस्करी० गरिएको सुनलगायत पटक-पटक तस्करी भइ सुन आइरहेकोमा यसलाई नियन्त्रण गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्ने भनिएको छ ।

तर सो विषयमा सहमति नजुटेपछि नेताहरू आन्तरिक छलफलमा जुटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस