एसियन गेम्समा क्रिकेटको तालिका फेरबदल, नेपाल समूह एमा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एसियन गेम्समा क्रिकेटको तालिका फेरबदल, नेपाल समूह एमा


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । १९ औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटको खेल तालिकामा फेरबदल भएको छ ।

परिवर्तित तालिका अनुसार नेपाली टिमले समूह एमा रहँदै मङ्गोलिया र मालदिभ्ससँग खेल्ने छ ।

यसअघि सार्वजनिक भएको खेल तालिका अनुसार नेपाल समूह बीमा थियो । समूह एमा रहेको अफगानिस्तानले एसियन गेम्स नखेल्ने भएपछि तालिकामा फेरबदल भएको हो ।

यसअघि नेपाल जापान, कम्बोडिया र हङकङ रहेको समूह बीमा थियो । एसियन गेम्समा क्रिकेट खेलहरू टी-२० फर्म्याटमा हुनेछन् ।

नेपालले एसियन गेम्सका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली सार्वजनिक गरिसकेको छ ।

एसियन गेम्स खेल्न नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस