प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश शालिग्राम कोइरालाको संयुक्त इजलासले आइतबार फैसला सुनाएको हो।

उनीहरूविरुद्ध जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटर बाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४–७५ मा झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा १ जनाले भने सफाइ पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस