२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सचिवको सरुवा, सामान्य प्रशासनमा विनोद प्रकाश सिंह

अ+ अ-

काठमाडौँ । सरकारले दुई जना विशिष्ट श्रेणी(सचिव)को सरुवा गरेको छ । बुधवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको सरुवा गरेको हो । 

प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंह सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा आएका छन्, सामान्यका कृष्णहरि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । 

तत्कालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका पुष्कर केही समयभित्रै महत्त्वपूर्ण मन्त्रालयको सचिवमा जाँदैनन् । उनले केही समयअघि देखि सरुवा हुन चाहिँ रहेका थिए । पछिल्लो केही समययता तत्कालीन मन्त्री अमनलाल मोदीसँगको विवादका कारण मन्त्रालयमा केही तनावको स्थिति सिर्जना भएको थियो । विशेष गरी कर्मचारीको सरुवा गर्ने विषयमा सचिव पुष्करले अडान लिएकै कारण थप अस्तव्यस्त हुनबाट जोगिएको थियो । 

यसैगरी सिंह अनुभवी प्रशासकका रूपमा लिइन्छन् । प्रधानमन्त्री कार्यालय अघि गृह सचिव रहेका शालीन तथा भद्र स्वभावका सिंह स्थानीय र कर्मचारी प्रशासन बुझ्ने सचिवका रूपमा हेरिन्छन् । 

सचिव सरुवाको पत्र बनिसकेको छ । दुवै सचिव कार्यक्रमका सिलसिलामा उपत्यका बाहिर भएकोले सम्भवतः आउँदो आइतवारदेखि नै सचिवहरू नयाँ जिम्मेवारीमा जानेछन् । 

प्रतिक्रिया दिनुहोस