काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ।
विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तरप्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको हो ।
विभागका अनुसार ३१ देखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुट)मा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम वृद्धि गरिएको छ।
जसअनुसार यात्रुवाहक सवारीमा ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुँदै आएको मालवाहक गाडीमा ६.८३ प्रतिशतले भाडा बढेको छ।