२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा दक्षतायुक्त घर निर्माणमा जोड

अ+ अ-

काठमाडौँ । घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । युरोयिन युनियनअन्तर्गत स्विच एसिया कार्यक्रमको सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) द्वारा बागमती प्रदेशका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा विज्ञहरूले सो धारणा व्यक्त गरेका हुन् । 

तीव्र सहरीकरण र आधुनिक जीवनशैलीका कारण निर्माण गरिएका घर तथा भवनभित्र तताउन वा चिस्याउन कूल ऊर्जाको झन्डै ६० प्रतिशत खपत हुने गरेको बताइएको छ । स्थानीय सरकारले भवनको आचारसंहिता तर्जुमा वा कार्यान्वयन गराउँदा भूकम्पीय सुरक्षाजस्तै ऊर्जा दक्षतामा पनि ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । 

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले मानिसको अधिकांश समय घर वा भवनभित्र नै व्यतित हुने हुँदा घरलाई ऊर्जा एवं वातावरणमैत्री राख्न आवश्यक भएकाले पालिकाले अब बन्ने नयाँ घरहरूमा यस विषयलाई महत्त्व दिने बताए । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार बेन्जुले जलवायु परिवर्तनका समस्या न्यूनीकरण र दिगो विकासका लक्ष्य हासिल गर्न सहरलाई दिगो र ऊर्जा दक्षतायुक्त बनाउनुपर्नेमा जोड दिए । 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले गोरखा भूकम्पपछि कसरी बलियो घर बनाउने भन्ने चेतना आएजस्तै ऊर्जा दक्षतायुक्त घर कसरी बनाउने र स्वच्छ ऊर्जाको प्रयोग कसरी बढाउने भन्ने चेतनाको विकास गराउन आवश्यक रहेको उल्लेख गरिन् । युरोपियन युनियनका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जन श्रेष्ठले युनियनले कृषि, ऊर्जा, शिक्षा, सुशासनजस्ता क्षेत्रमा ५० वर्षदेखि नेपालमा काम गर्दै आएको उल्लेख गर्दै यस कार्यक्रममार्फत वातावरण र ऊर्जामैत्री घर निर्माण गरी बढ्दो हरितगृह ग्यासको उत्सर्जनलाई न्यूनीकरणमा जोड दिइएको बताइन् ।

बिनका टोली प्रमुख सुयेश प्रजापतिले सन् २०२२ देखि कार्यान्वयनमा आएको यस कार्यक्रममार्फत ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग जडित २०० वटा भवनहरू निमार्ण गर्न सहजीकरण गर्ने, ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग गरी आठ वटा नमुना भवन निर्माण गर्न सहयोग गर्ने, यसका लागि जनशक्ति विकास वित्त व्यवस्थापन एवं बजारीकरणमा जोड दिइएको जानकारी दिए । 

सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले देशभरि एउटै ढाँचाको नभई ठाउँ, त्यहाँको हावापानीअनुसार घर वा भवनहरू निर्माण गर्नुपर्छ भने । विभिन्न विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरिएको सो कार्यक्रममा बागमती प्रदेशका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्राविधिकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस