२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेंगुका बिरामीहरूको निःशुल्क उपचार सुरु

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाले डेंगु महामारीबाट आक्रान्त धरानमा बिरामीहरूको लागि निःशुल्क उपचार केन्द्र सुरु गरेको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा धरान १ स्थित पुरानो अस्पतालमा उपमहानगरपालिकाले बुधबारदेखि निःशुल्क उपचार केन्द्र सुरु गरेको हो। 

केन्द्र २५ बेडको सञ्चालन हुने भएपनि तत्काल १० बेड राखेर सुरु गरिएको उपमहानगरका स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपमहानगरले थप १५ बेड व्यवस्थापन गर्नेछ।

प्रदेश स्वास्थ्य मन्त्रालयले एक जना डाक्टर र नर्स पनि उपचारमा सहयोग गर्न धरान पठाएको छ। ओपिडीमा बिरामीको नाम दर्ता गर्ने र आवश्यक जाँच पछि औषधी दिएर घर पठाउने वा आवश्यक परे उपचार केन्द्रमा राखिने डेंगुका फोकल पर्सन विजयकुमार साहले बताए। केन्द्रमा बिरामीको निःशुल्क डेंगु जाँच हुनेछ भने औषधी पनि निःशुल्क वितरण हुनेछ।

उपमहानगरको समन्वयमा डेंगुका बिरामीहरूको लागि यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलग्गै फिवर क्लिनिक सञ्चालनमा आएको थियो भने प्रतिष्ठानले छुट्टै डेंगु वार्ड पनि सञ्चालन गरेको छ। यसैगरि, उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा पनि निःशुल्क डेंगु परीक्षण गराइरहेको छ।