काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २१ दिन भित्र आफ्नो पार्टी कार्यालय खाली गर्ने बताएको छ।
सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक सूचना जारी गर्दै २१ दिन भित्र घर खाली गर्ने बताएका हो।
काठमाडौँ महानगरपालिकाले धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालय रहेको घर हाइटेन्सनमुनि निर्माण भएको भन्दै भत्काउन निर्देशन दिएको थियो। महानगरले तीन दिनको समय दिएर शुक्रबारै माइकिङ गरिएको भएपनि राप्रपाले भवन खाली गराएको थिएन।
राप्रपाको कार्यालय खाली गराउन आज महानगरको टोली डोजरसहित हाँडी गाउँ पुगेका थिए। यता राप्रपा कार्यकर्ताले कार्यालय जाने बाटोमा कार तेर्स्याइएर बाटो बन्द गरेका थिए।
