आलोपालो नेतृत्व गर्ने सहमतिमा समाजवादी विद्यार्थी मोर्चा गठन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आलोपालो नेतृत्व गर्ने सहमतिमा समाजवादी विद्यार्थी मोर्चा गठन


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध चार दलका विद्यार्थी सङ्गठनहरूले समाजवादी विद्यार्थी मोर्चा गठन गरेका छन्। मातृ पार्टीको जस्तै मोर्चाको नेतृत्व आलोपालो हुने विद्यार्थी नेताहरूले बताएका छन्।

माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी, एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियू, जसपाको विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियन र नेकपाको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अध्यक्षले आलोपालो नेतृत्व गर्ने छन्।

मूलतः शैक्षिक मुद्दामा विद्यार्थी मोर्चा केन्द्रित हुने अनेरास्ववियूकी महासचिव आरती लामाले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस