२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई तीन पार्टी मिलेर होइन, सबै कम्युनिष्टको एउटै मोर्चा बनाऔँ : वामदेव गौतम

अ+ अ-

काठमाडौँ । वामदेव गौतमले कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँमा आउन आग्रह गरेका छन्।

आइतबार कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले एउटै पार्टी बनाउन नसके सबै कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा भनेपनि बनाउन आवश्यक रहेको बताए।

 मोर्चाको उद्देश्य  नेपाली जनताको समृद्धि र संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माण हुने गौतमको भनाइ छ।  

लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवादको स्थापना कम्युनिष्टहरूले मात्रै गर्न सक्ने गौतमले बताए।

‘संविधान बन्दा अनेकौँ गरेर लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समृद्ध समाजवाद  हामीले राखेका हौँ। कम्युनिष्टहरूले राखेका हुन्। काँग्रेसीले त सम्झौता गरेका हुन्,’उनले भने।

उनले प्रचण्ड, माधव नेपाललगायतले थालनी गरेको मोर्चामा सबै आबद्ध हुनुपर्ने पनि बताए। मोर्चा बनाएर प्रचण्ड र माधव नेपालले राम्रो काम गरेको समेत उनको धारणा थियो।

‘तर दुई तीनवटा पार्टीमात्रै मिलेर मोर्चा बनाउने होइन सबैलाई ल्याउनुस्। सबैलाई ल्याउन सक्नुपर्छ,’ उनले भने।

मोर्चा गठनताका आफूले प्रचण्डसँग केपी ओली, मोहनविक्रम, मोहन वैद्य र माओवादी केन्द्रबाट फुटेर बनेका अन्य समूह र तीनका नेताहरूलाई पत्र लेखेर उनीहरू सबैलाई मोर्चामा आबद्ध गर्न आग्रह गरेको तर त्यसो हुन नसकेको बताए।   

गौतमले पुष्पलालको सपना साकार पार्ने हो भने सबै कम्युनिस्ट पार्टी एकै ठाउँमा आउन जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस