काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। निवास धुम्बाराहीमा सोमबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सोमबार बस्ने तय भएको सेतोपाटीलाई जानकारी दिए। मङ्गलवार देखी केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदैछ। केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।
केन्द्रीय समिति बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्ने काँग्रेसको परम्परा छ। काँग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। नीति महाधिवेशन र राष्ट्रव्यापी सङ्गठन सुदृढीकरण अभियानजस्ता विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ।