२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमदत्तका ६ औषधि पसलमा प्रहरीको छापा, चार जना पक्राउ

अ+ अ-

काठमाडौँ । कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाका ६ निजी मेडिकल (औषधि पसल)मा छापा हानेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकलमा छापा हानेको हो। 

कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत गैरकानुनी रूपमा औषधि बेचबिखन गर्दै आएका औषधि पसलमा कारबाही गरेको जनाएको छ।

कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले विनाइजाजत गैरकानुनी रूपमा औषधि बिक्री-वितरण गर्दै आएका निजी औषधि पसलमा छापा हानेको बताए। 

‘हामीले अवैध मेडिकल पसलमा छापा हान्यौँ,’ प्रहरी प्रमुख थापाले भने, ‘चार जना पक्राउ गर्न सफल भयौँ। दुईजना फरार भएका छन्। बाँकी औषधि बरामद गरेका छौँ। बेच्न नै नमिल्ने औषधि बेच्नेदेखि फार्मेसी दर्ता नगरेर गैरकानुनी रूपमा औषधि पसल चलाएका रहेछन्।’ 

प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका- ७ हल्दुखालबाट विमला उपाध्याय, भीनपा- १० गड्डाचौकीका सुरेश पाण्डेय, मोहन रोकाया र भीनपा-१६ मझ गाउँका राजेन्द्रबहादुर चन्द छन्। 

भीनपा– १३ साझा चौराहका रामबहादुर विष्ट र भीनपा- १६ वसन्तपुरका वीरेन्द्रराज पन्त फरार रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले विनाइजाजत जोखिमपूर्ण औषधि बेचबिखन गर्ने, लागुऔषध बेच्ने, फार्मेसी तथा औषधि पसलले चिकित्सकको सिफारिसविनै औषधि बेचबिखन गरेको आरोप लगाएको छ। ‘पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भागेकाहरूको समेत खोजी भइरहेको छ।’ 

उनीहरूविरुद्ध कञ्चनपुर प्रहरी प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री-वितरणविरुद्ध मुद्दा चलाउने जनाएको छ।