झोलुङ्गे पुलको लठ्ठा चुडिँदा नेपाल-भारत आवतजावत बन्द « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

झोलुङ्गे पुलको लठ्ठा चुडिँदा नेपाल-भारत आवतजावत बन्द


३० असार २०८०, शनिबार


काठमाडौँ । महाकाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिँदा नेपाल-भारत आवातजावत बन्द भएको छ।

दार्चुलाको महाकाली नगरपालिका-९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिएका हो। जसले गर्दा झोमिख भएकाले आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय, दार्चुलाले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न आग्रह गरेको छ। “झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ, पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौँ,” दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने।

यो नाकाबाट दैनिक रूपमा सयौँ स्थानीय आवातजावत गर्ने गर्छन्। जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिकाका र शैल्यशिखर नगरपालिकाका अधिकांश बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि झोलुङ्गे पुलबाट भारतको बलुवाकोट जाने गरेका छन्।

पुलमाथि आवतजावत बन्द भएपछि स्थानीय बासिन्दालाई दैनिक उपभोग्य समान किन्न समस्या परेको स्थानीय नारद विष्टले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस