सडकका लेखा अधिकृत एक लाख घुससहित पक्राउ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सडकका लेखा अधिकृत एक लाख घुससहित पक्राउ


२६ असार २०८०, मंगलबार


काठमाडौँ । सडक डिभिजन कार्यालय, लहान सिरहाका लेखा अधिकृत एक लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासको टोलीले लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख घुस लिइसकेको अवस्थामा कार्यालयको क्वार्टरबाट पक्राउ गरेको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको जनाइएको छ । उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस