काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर तोलामा १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ९०० र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।