इनारमा डुबेर दुई युवाको मृत्यु « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

इनारमा डुबेर दुई युवाको मृत्यु


११ असार २०८०, सोमबार


काठमाडौं । भोटेबहालमा आज (सोमबार) बिहान इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बू र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार पानी तान्ने मोटर इनारमा खसेपछि निकाल्न सुरुमा दिपेन इनारमा पसेका थिए। त्यसपछि दिपेनलाई बचाउन इनारमा पसेका जितेशको पनि मृत्यु भएको एसपी रिजालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस