सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी 


५ असार २०८०, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन्।

मन्त्रालयमा आज नेकपा (एमाले) को स्वास्थ्य तथा जनसङ्ख्या आज विभागका पदाधिकारीद्वारा प्रस्तुत  ज्ञापनपत्र बुझ्दै उनले चाँडै नै सुर्तीजन्य पदार्थमा लाग्ने कर बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएका हुन्। 

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको करबाट सङ्कलित  रकम देशभरिका गरिबीको उपचारका लागि लगाउने  जानकारी दिए।

“विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको भन्दा हामीले अहिले कम कर लिइरहेका छौँ”, उनले भने, “सुर्तीजन्य पदार्थमा कर बढेपछि महँगो हुने भएकाले उपभोग कम हुन्छ तर पनि जति उपभोग हुन्छ सोही बमोजिम कर पनि उठ्छ र सोही करबाट गरिब तथा विपन्न नागरिकका लागि अक्षय कोष (बास्केट फन्ड) राखेर उपचार गर्नुपर्दछ। सुर्तीजन्य  पदार्थको कर बढाउनै पर्दछ।

ठूलो सङ्ख्या चिकित्सक र नर्स पलायन भएकामा मन्त्री बस्नेतले चिन्ता व्यक्त गर्दै उनीहरूलाई स्वदेशमा नै सेवा गर्ने वातावरण तयार गर्ने बताए। उनले विदेशमा गएर पनि चिकित्सक र नर्सले भनेजस्तो तलब सेवा सुविधा नपाएको समेत उल्लेख गरे।

Tags :
प्रतिक्रिया दिनुहोस