२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यमनिया एयरवेज’को सानादेखि साउदी अरबसम्म सिधा उडान सुरु

अ+ अ-

साना । यमनको राष्ट्रिय वायुसेवा कम्पनी, ‘यमनिया एयरवेज’ले हुथी विद्रोहीको नियन्त्रणमा रहेको सानाबाट साउदी अरबका लागि करिब आठ वर्षको सेवा अवरोधपछि सिधा उडान पुनः सुरु गरेको छ ।

यमनको राजधानी सानालाई साउदी शहर जेद्दाह र मदिनासँग जोड्ने यो उडानको उद्देश्य यमनी तीर्थयात्रीहरूलाई राज्यमा यात्रा गर्न मद्दत गर्नु रहेको बताइएको छ ।

यो यमनमा शान्तिका लागि मार्ग प्रशस्त गर्न जारी अन्तर्राष्ट्रिय प्रयासहरूको बीचमा अर्को सफलताको प्रतीक हो ।

सन् २०१४ मा हुथी विद्रोहीको नियन्त्रणमा आएपछि साना अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान बन्द गरिएको छ ।

सन् २०२२ को मे महिनामा यमनियाले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतापछि साना र जोर्डनको राजधानी अम्मानबीच बीचबीचमा उडान सञ्चालन गरेको थियो ।

यी उडानहरूले यात्रु ओसारपसारलाई सुविधा प्रदान गर्नुका साथै यमनवासीहरूलाई विदेशमा चिकित्सा उपचार गर्न सहयोग पुर्‍याएको थियो ।

हुथी लडाक समूहले सन् २०१४ मा यमनका विभिन्न उत्तरी शहरहरू आफ्नो नियन्त्रणमा लिएपछि र यमन सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन सैन्य द्वन्द्वमा फसेको छ ।

यमनी द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत हुनुका साथै अरब विश्वको सबैभन्दा गरिब देशलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटमा फसाइएको छ ।

प्रतिक्रिया दिनुहोस