२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाप्ला त सिलवाललाई राजनीति ?

अ+ अ-

काठमाडौं । ‘अदालतबाट न्याय नपाएपछि जनतामा जान्छु,’ सर्वाेच्चमा आइजिपीको मुद्दा चलिरहँदा तत्कालीन डिआइजी नवराज सिलवालले प्रायः भन्ने गरेका थिए । त्यसैले पनि मुद्दा हारेपछि उनी राजनीतिमा क्रियाशिल हुन्छन् भन्ने धेरैले लक काटेका थिए ।

भयो पनि त्यस्तै । अदालतले भदौ २७ गते उनले दायर गरेको मुद्दा खारेज गर्यो । र, भोलिपल्ट उनले जागिर राजिनामा गरे । यद्यपि, उनको राजिनामा अझै स्वीकृत भइसकेको छैन ।

राजिनामा गरेको केही समयपछि सिलवाल शुक्रबार एमाले प्रवेश गरेका छन् । आफूमाथि अन्याय भएपछि राजनीतिमा प्रवेश गरेको उनले बताएका छन् । ‘मेरो जीवनमाथि धेरै ठूलो राजनीति भयो,’ बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्व डिआइजी सिलवालले भने, ‘मजस्तै अन्यायमा परेका मान्छे कति छन् कति । तिनै अन्यायमा परेका लाखौँको पक्षमा उभिन म एमालेमा प्रवेश गरेको हुँ ।’

डीआइजी बरियतामा आफू एक नम्बरमा रहे पनि चौथो बरियताका जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले चन्दको नियुक्ति रोकेपछि सरकारले प्रकाश अर्याललाई आइजिपी नियुक्ति ग¥यो । त्यसविरुद्ध पनि उनी पुनः अदालत गएका थिए, जसको फैसला गर्दै केही दिनअघि मात्र अदालतले रिट खारेज गरेको थियो ।

‘परिस्थितिले मलाई यस्तो मोडमा ल्यायो कि मैले राजनीति गरिनँ भने राजनीति मभित्र प्रवेश गर्ने भयो । राजनीतिले मलाई नै हस्तक्षेप गर्ने अवस्था आयो । बरु म नै मुलुक सेवाको अर्को नयाँ मञ्चबाट राजनीतिमा पसेँ,’ एक अन्तर्वार्तामा उनले राजनीतिमा आउनुको कारण खुलाए, ‘परिस्थिति त्यस्तो नभएको भए म अर्को मोर्चामा हुन्थेँ, परिस्थितिले मलाई एउटा मञ्चबाट अर्को मञ्चमा पुर्यायो ।’

बर्दी छाडेपछि राजनीति गर्ने प्रहरीका उच्च अधिकारीमध्ये सिलवाल एक्ला भने होइनन्, पूर्व आइजिपी रविन्द्रप्रताप शाह, ध्रुवबहादुर प्रधान र मोतीलाल बोहरा पनि राजनीतिमा क्रियाशिल छन् । एआइजीबाट अवकास पाएपछि गणेशराज राई पनि राजनीतिमा होमिएका छन् ।

शाह माओवादी केन्द्रबाट राजनीति गरिरहेका छन् । यस्तै, प्रधान राप्रपा र बोहरा कांग्रेस राजनीतिमा क्रियाशील छन् । पूर्व एआइजी राई नयाँ शक्ति नेपालमा आबद्ध छन् । तर, शाहबाहेक अरुलाई राजनीति फापेको छैन ।

त्यसकारण राजनीतिमा स्थापित हुन उनलाई निकै चुनौती छ । चुनौतीलाई अवसरका रूपमा लिन सके उनको राजनीतिक यात्रा सुमधुर बन्न सक्छ ।

यदि उनले प्रहरीको संगठन सुधारका लागि पहल गर्न सके उनको राजनीतिक सफलता ठहरिनेछ, अन्यथा राजनीतिमा एक पूर्वप्रहरीको संख्या थपिनु मात्रै हुनेछ ।

0 Comments