काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थी सङ्गठनले तीन वटा विद्यालयमा लगाएको ताला फोडेको छ ।
काठमाडौँको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी सङ्गठनले लगाएको ताला महानगरले फोडेको हो ।
छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु (क्रान्तिकारी( काठमाडौँ जिल्ला समितिले आइतबार ती विद्यालयहरूमा ताला लगाएको थियो ।
महानगरका मेयर बालेन साहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।
मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चाहे विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ।’