सशस्त्र प्रहरीमा १९ थपिएसँगै गोताखोरको संख्या ७४ पुग्यो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सशस्त्र प्रहरीमा १९ थपिएसँगै गोताखोरको संख्या ७४ पुग्यो


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ)मा पानी मुनि पुगेर उद्धार गर्ने डिप वाटर डाइभिङ ट्रेनिङ (गोताखोर) गर्ने जनशक्तिको संख्या ७४ पुगेको छ।

कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयमा बिहीबार आयोजित एक समारोहबीच सशस्त्र प्रहरीका १९ र नेपाल प्रहरीका एक जना गरी २० जनालाई दीक्षित गरिएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एपीएफ आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक हुतराज थापासहित दीक्षान्त समारोहमा उपस्थित थिए।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बाढीको समयमा थपिएको जनशक्तिलाई विपद् उद्धारमा थप सजिलो भएको बताए।

नेपालमा गोताखोरको तालिम भएको यो तेस्रोपटक हो। यसअघि २०६९ वैशाख ३१ देखि असार १४ गतेसम्म सशस्त्र प्रहरीका २५ जनाले बंगलादेशमा गएर गोताखोर प्रशिक्षण लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस