सुनको मूल्य तोलामा ३०० ले घट्यो, चाँदीको स्थिर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य तोलामा ३०० ले घट्यो, चाँदीको स्थिर


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको १ लाख १० हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको १ लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस