काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा हवाई समितिमा देशबन्धु बस्नेत (अजित) निर्वाचित भएका छन् ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा निर्वाचित गरेका हुन् ।
नेपालको पर्यटन क्षेत्रमा १ दशकदेखि सक्रिय बस्नेत महासङ्घको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन् ।