२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वार्षिक शैक्षणिक योजना बनाउन निर्देशन

अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् ।

उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय विद्यालयका शिक्षकले योजना निर्माण गरिसकेका छन् भने कतिपय शिक्षक योजना निर्माणमा व्यस्त छन् ।

टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षकले आफूmले शिक्षण गर्ने विषयको शैक्षणिक योजना अनिवार्य बनाउनै पर्ने नीति लागू गरेपछि शिक्षकहरू योजना निर्माणमा जुटेका हुन् । आफूले पढ्दा शैक्षणिक योजना निर्माणको अभ्यास गरिसकेकाले खासै गाह्रो महसुस नभएको खड्ग मावि टीकापुरका शिक्षक रामकुमार चौधरीले बताए । “मैले आफू विद्यार्थी हुँदा शैक्षणिक योजना बनाएको अनुभव थियो, त्यसैले मलाई खासै गाह्रो भएन”, उनले भने, “पढाउने विषयको शैक्षणिक योजना निर्माण गरिसकेको छु । अब योजनाअनुसार अध्यापन गर्न सहज हुनेछ ।”

टीकापुरले शिक्षकलाई यो खालको अभ्यास गर्न पहिलोपल्ट अनिवार्य गरेको छ । त्यसैले पनि धेरैलाई केही न केही कठिन महसुस भएको छ । आफूलाई केही विषयको शैक्षणिक योजना निर्माण गर्दा केही कठिन भएको नवदुर्गा आधारभूत विद्यालयका शिक्षक भगीरथ चौधरीले बताए । “पहिलो पटक निर्माण गर्न थालेकाले केही कठिन भएको छ । तर पालिकाको निर्देशन मान्नुपर्छ”, उनले भने, “मेहनत गरिरहेको छु, मेहनतले पछिका लागि सहज बनाउनेछ । योजना बनाएमा मलाई पूर्व तयारीका साथ शिक्षण गर्न सहज हुन्छ ।”

केदारेश्वर आधारभूत विद्यालयका शिक्षिका मङ्गला मिश्रले शैक्षणिक योजना निर्माणबारे आफूलाई जानकारी नभएको बताए । “मलाई जानकारी नभएकाले बनाएको छैन । अब योजना निर्माणमा लाग्छु”, उनले भने ।

कुनै पनि काम योजना निर्माण गरी अगाडि बढ्दा सहज, छिटो र उपलब्धिमूलक हुने भएकाले शिक्षकले वार्षिक शैक्षणिक योजना निर्माण गरी पठनपाठन गर्न अनिवार्य गर्न सकारात्मक भएको शिक्षकहरू नै बताउँछन् । “शिक्षक शिक्षक मात्र नभई विद्यार्थी पनि हो । एउटा शिक्षकले कक्षा कोठामा प्रवेश गर्नु पूर्व विषयवस्तुको अध्ययन गरी पूर्व तयारी गर्नुपर्छ अनि मात्र कक्षा प्रवेश गर्दा राम्रो मानिन्छ”, शिक्षक रवीन्द्रबहादुर कठायत भने, “कुन विषयवस्तु कसरी शिक्षण गर्ने, कस्ता शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने विषयमा शिक्षकले तयारी गर्न जरुरी छ । योजना निर्माणले शिक्षकलाई अध्ययनशील हुन सघाउँछ ।”

शैक्षिक प्रक्रियामा शैक्षणिक योजना निर्माण अनिवार्य हो । सुरु–सुरुमा निर्माण गर्दा केही कठिनजस्तो देखिए पनि पछि–पछि सजिलो हुने टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले बताए । “निर्माण गर्दा अलि कठिन हुन्छ, तर योजना पहिल्यै बनाएमा पछि शिक्षकलाई धेरै सहज हुन्छ”, उनले भने, “हरेक काम योजना बनाएर गर्दा सहज हुन्छ । अझ शिक्षाजस्तो क्षेत्रमा लापरबाही गर्नै मिल्दैन । योजनाअनुसार अध्यापन गरेमा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा समेत सहयोग हुन्छ ।”

शैक्षणिक योजना निर्माणपश्चात् एक प्रति शिक्षा शाखामा राखिने र योजना हेरी आवश्यक सुझाव दिने पालिकाको तयारी छ । यसरी शैक्षणिक योजना पालिकामा समेत बुझाउनुपर्ने भएकाले शिक्षकले शैक्षणिक योजना बनाए/नबनाएको विद्यालयमा गई अनुगमन पनि गरिने चौधरी बताए । “योजना निर्माणपश्चात् सिकाइ उपलब्धिमा वृद्धि हुनेछ”, उनले भने, “पालिकालाई विद्यालयको अनुगमन गर्न, योजना बनाउनसमेत सहयोग पुग्छ ।”

प्रतिक्रिया दिनुहोस