धादिङमा गुडिरहेको बसमा आगलागी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धादिङमा गुडिरहेको बसमा आगलागी


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ ।

शनिबार बिहान साढे ११ बजेतिर धुनिवेशी नगरपालिका-९ गणेशमन्दिरस्थित सडक खण्डमा गुडिरहेको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए।

खानीखोलाबाट काठमाडौँ आउँदै गरेको ग१ख ४८४७ नम्बरको यात्रुवाहक बसमा एक्कासी आगलागी भएको थियो ।

३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको प्रहरीले बताएको छ । बसका सिट भने जलेर नष्ट भएका छन् । बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति भने हुन नपाएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस