संघीय शिक्षा ऐन बनाउन सरकारले चासो दिएन : सचिव सुवेदी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

संघीय शिक्षा ऐन बनाउन सरकारले चासो दिएन : सचिव सुवेदी


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन समयमै बन्न नसकेको बताएका छन् । 

शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सचिव सुवेदीले यसअघिको सरकारको मन्त्रिपरिषदमा मन्त्रालयबाट सबै काम गरेर पुर्‍याए पनि मन्त्रिपरिषद्ले चासो नदिँदा पुनः शून्यमा झरेको बताए । 

उनले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा शिक्षा मन्त्रालयले सबै प्रक्रिया टुङ्ग्याई मन्त्रिपरिषदमा पठाएको तर मन्त्रिपरिषद्ले चासो नदिएको बताए । उनले संघीय शिक्षा ऐन मन्त्रिपरिषदमा पुगेको १ महिना पछि मात्रै मन्त्रिपरिषदमा पुगेको नेपाल विश्वविद्यालय ऐन भने तत्काल संसदमा प्रस्तुत भएको भन्दै सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन निर्माणमा ढिलाइ भइरहेको बताए।

सचिव सुवेदीले यस वर्ष समयमा नै देशभर पाठ्यपुस्तक पुगेको दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस