सङ्घर्ष समितिद्वारा जग्गा फुकुवाको माग राख्दै गरिएको आन्दोलन स्थगित « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

सङ्घर्ष समितिद्वारा जग्गा फुकुवाको माग राख्दै गरिएको आन्दोलन स्थगित


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। दाङको देउखुरीमा रोक्का जग्गा फुकुवाको माग गर्दै गरिएको आन्दोलन स्थगित गरिएको छ ।

देउखुरीमा जग्गा फुकुवाको माग राख्दै आएका आन्दोलनरत पक्ष र लुम्बिनी प्रदेश सरकारबीच बिहीबार भएको छलफलमा एक महिनाभित्र जग्गा फुकुवा सम्बन्धी प्रतिवेदन तयार गरेर मुख्यमन्त्री कार्यालयमा पेस गर्ने सहमति भएपछि आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेका छन् ।

प्रदेश सरकारको तर्फबाट विनाविभागीय मन्त्री धनबहादुर मास्कीको संयोजकत्वमा गठित जग्गा फुकुवाको विषय समितिसँग छलफलपछि हाललाई आन्दोलन स्थगित गर्ने निर्णय गरिएको नागरिक जनदबाब तथा सङ्घर्ष समितिले जनाएको छ ।

लुम्बिनीका मन्त्री धनबहादुर मास्कीको संयोजकमा गठन गरिएको समितिले जग्गा फुकुवाबारे छलफल गर्ने र निकास निकाल्न प्रतिवेदन तयार पार्नेछ । सोही प्रतिवेदनका आधारमा प्रदेश सरकारले निर्णय बताइएको छ ।

दाङको देउखुरी उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गर्दै सरकारले जग्गा कित्ताकाट र बेचबिखनमा रोक लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस