आचारसंहिताको धज्जी उडाउँदै दल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आचारसंहिताको धज्जी उडाउँदै दल


३० भाद्र २०७४, शुक्रबार


राजविराज । मधेस (प्रदेश नम्बर २) का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्। निर्वाचन आचारसंहिता उल्लंघन भए/नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यलय भने मौन छन्।

दलहरुले एकअर्कालाई आचारसंहिता उल्लंघनको आरोप लगाए पनि व्यवहारमा कुनै पनि दल चोखो छैनन्। सबै दलले आफ्नो हैसियत र आकारअनुसार आचारसंहिता उल्लंघन गरिरहेका छन्। कुनै पनि दल आचारसंहिता उल्लंघनबाट टाढा नरहे पनि जिल्ला निर्वाचन कार्यालय सप्तरी भने आचारसंहिता उल्लंघनका घटना खासै नदेखिएको बताउँछ।

निर्वाचन प्रचार–प्रसारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थलमा पर्जा टाँस्न वा टाँस्न लगाउन वा लेख्न लेखाउन नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ। तर, राजविराज नगर क्षेत्रसँगै जिल्लाका सार्वजिनक स्थल र भवन दलीय प्रचारका पोस्टर तथा झन्डाले भरिभराउ छन्। गजेन्द्र चोकको चारैतिर विभिन्न दलका उम्मेदवारका ब्यानर, चुनाव चिह्नअंकित झन्डा र पोस्टर छन्। आजको नागरिक दैीनकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस