काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि कठोर भएर काम गर्ने बताएका छन् ।
बुधबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै यस्तो दाबी गरेका हुन् । उनले करार नियुक्ति र फाजिलमा रहेका कर्मचारीको व्यवस्थापनका लागि आफू कठोर बन्ने बताएका हुन् ।
मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै करार नियुक्ति र फाजिलमा रहेका कर्मचारीको भद्रगोल अवस्थाबारे बुझिसकेको भन्दै उनले जोसुकैले खुट्टा तान्ने प्रयास गरेपनि आफू यो विषयमा कठोर भएर अघि बढ्ने बताए । त्यसमा मिडियाले साथ दिनुपर्ने मन्त्री बस्नेतको भनाइ छ ।