अनुसन्धान र छानबिनमा सहयोग गर्न रायमाझीलाई एमालेको निर्देशन « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

अनुसन्धान र छानबिनमा सहयोग गर्न रायमाझीलाई एमालेको निर्देशन


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेकपा एमाले पार्टी सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका एमाले सांसद रायमाझीलाई यस्तो बताएका हुन्।

मङ्गलवार बसेको एमालेको सचिवालय बैठकले रायमाझीका कारण पार्टीको प्रतिष्ठामा आँच पुगेको निष्कर्ष निकालेको थियो।

उनले भने, ‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौँ, तपाईँ यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्।’

Tags :
प्रतिक्रिया दिनुहोस