२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमकमा झडप हुँदा १० प्रहरी र १२ आन्दोलनकारी घाइते

अ+ अ-

काठमाडौँ । पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुवै तर्फका गरेर एक दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मङ्गलवार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो । 

झडपका क्रममा प्रहरीतर्फ दशजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

उनका अनुसार इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामा, दुई प्रहरी निरीक्षकसहित दश प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको दमकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

स्थिति तनावपूर्ण भएपछि भिड तितरबितर बनाउन प्रहरीले १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्यांक फायर र एक राउन्ड हवाई फायर गरेको रिजालले जानकारी दिए ।  

प्रहरीसँगको क्रममा १२ जना आन्दोलनकारी घाइते भएका छन् । पहिचानवादी नेता ताङ्साङ् लावतीका अनुसार दुईजनाको अवस्था गम्भीर छ । 

प्रहरीले चलाएको गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो गम्भीर घाइते भएको उनले बताए । घाइते दुईजनाको दमकका अस्पतालमा प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको छ । 

अहिले दमक सामान्य अवस्थामा फर्किएको छ । प्रदेश सभाले प्रदेशको नाम कोसी राखेयता कोसी प्रदेश अशान्त छ । आन्दोलनका क्रममा पदम लिम्बूले ज्यान गुमाइसकेका छन् । पहिचान पक्षधरहरूले कोसी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्नु पर्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।