२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ : पूर्वराष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनेकौँ प्रकारका हिंसाको प्रयोगबाट आक्रान्त समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको बताएकी छन् ।

२५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले समस्त मानव जातिलाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धका उपदेशहरूको पालना एवं अनुसरण गरी व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने विश्वास व्यक्त गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘नेपाल प्राचीन बौद्ध सभ्यताको उद्गम स्थल भएको हुनाले बौद्ध धर्म र दर्शनसम्बन्धी अध्ययन एवं अनुसन्धानको संस्थागत विकास गर्न, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक स्थलहरूको संरक्षण, विकास र प्रवर्द्धन गर्नका लागि आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ ।’

उनले भनेकी छन्, ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औँ जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ वैशाख शुक्ल पूर्णिमा गौतम बुद्धले जन्म लिएको, ज्ञान प्राप्ति गरेको र महापरिनिर्वाण हासिल गरेको त्रि–संयोगयुक्त दिवस हो । तसर्थ, विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि यो दिन गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिनका रूपमा रहेको छ । पूर्व राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्, ‘गौतम बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच परस्पर सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा अग्रसर रहन म सबैमा हार्दिक आह्वान गर्दछु’, भनेकी छन् ।