काठमाडौँ । आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने भएको छ ।
मंगलबार नेपालले एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा छनोट भएसँगै भारत र पाकिस्तानसँग खेल्ने भएको हो ।
एसिया कप २०२३ आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।
एसिया कपमा नेपाल विश्व क्रिकेटका शक्तिशाली मुलुक भारत र पाकिस्तानसॅंग समूह ‘ए’ मा छ ।
समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् ।