२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नायव सुब्बा(नासु) प्रश्नोतर

अ+ अ-

प्रश्न न लोकतन्त्रका आधारभूत मूल्य मान्यताहरू के के हुन् उल्लेख गर्नुहोस् ।    ५

जनताबाट शासन गरिने शासन व्यवस्थालाई जनताको शासन वा लोकतन्त्र भनिन्छ । जनताको जनताद्वारा जनताका लागि गरिने शासनलाई लोकतन्त्र भनिन्छ ।

Ø  लोकतन्त्रका आधारभूत मूल्य मान्यताहरू:

·         जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली,

·         नागरिक स्वतन्त्रता,

·         मौलिक अधिकार,

·         मानव अधिकार,

·         बालिग मताधिकार,

·         आवधिक निर्वाचन,

·         पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र,

·         निष्पक्ष तथा सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा,

·         बहुमतको शासन र अल्पमतको कदर,

·         सुशासनको प्रत्याभूति,

·         पारदर्शिता तथा जबाफदेहिता नै लोकतन्त्रका मूल्य मान्यताहरू हुन् ।

प्रश्न न नेपालमा कानुनी राज्यको प्रभावकारिता वृद्धि गर्नमा देखिएका समस्या समाधानका लागि अवलम्बन गर्नु पर्ने उपायहरूउल्लेख गर्नुहोस् ।    ५

राज्य सञ्चालनमा कानुनको सर्वोच्चता हुने व्यवस्था नै कानुनी राज्य हो । राज्यका सम्पूर्ण कार्यहरू कानुनका आधारमा सञ्चालन हुनुलाई कानुनी राज्यका गुण मानिन्छ । नेपालको संविधानले पनि कानुनी राज्यका मूल्य मान्यतालाई अङ्गीकार गरेको छ । 

Ø  नेपालमा कानुनी राज्यका सम्बन्धमा रहेका समस्याहरू

·         कानुनको शासन कायम गर्न आवश्यक सबै कानुन निर्माण नहुनु

·         कानुन निर्माण गर्नका लागि पर्याप्त ज्ञान सीप र क्षमता सहितको दक्ष जनशक्तिको कमी रहनु

·         अन्तर निकाय वा बहु निकाय समन्वय को कमीका कारण कानुन निर्माणमा ढिलाइ हुनु

·         कानुनको परिपालना गर्ने संस्कृतिको पर्याप्त विकास नहुनु

Ø  नेपालमा कानुनी राज्यका सम्बन्धमा अवलम्बन गर्नु पर्ने उपायहरू

·         कानुनी राज्यको बोध सबै नागरिकमा बढाउनुपर्ने

·         न्याय सम्पादन कार्यलाई छिटो छरितो बनाउने

·         कानुनको पालना तथा मानव अधिकार सम्बन्धी काम गर्ने अन्य निकायको सुदृढीकरण गर्ने

·         नागरिकलाई व्यापक नागरिक शिक्षा प्रदान गर्ने

·         अपराधीलाई कुनै किसिमको राजनैतिक, प्रशासनिक संरक्षण नदिने

·         शून्य सहनशीलताको नीति अवलम्बन गर्ने

·         कानुन उल्लङ्घनकर्तालाई माफी दिने व्यवस्थाको खारेज गर्ने

·         अन्तराष्ट्रिय सन्धी, सम्झौता तथा प्रतिवद्धताहरुको कार्यान्वयन गर्ने

·         राजनीति र प्रशासनको कार्य क्षेत्र र सीमा थप स्पष्ट गर्ने

·         प्रशासनमा राजनीतिक हस्तक्षेप हुन नदिने अवस्थाको सृजना गर्ने  

प्रश्न ननेपालमा विद्युतीय शासनअभिवृद्धिका लागि अवलम्बन गरिएका मुख्य मुख्य प्रयासहरूकोचर्चा गर्नुहोस् ।    ५

शासन प्रणालीलाई प्रभावकारी बनाउनका लागि विद्युतीय सूचना र सञ्चारमाध्यमको प्रयोग गर्नुलाई विद्युतीय शासन भनिन्छ। सूचना प्रविधिको प्रयोगद्वारा सञ्चालन र व्यवस्थापन गरिने शासन पद्धति हो।

Ø  कानुनी तथा नीतिगत प्रयासहरू

·         संविधानको धारा २७ मा सूचनाको हक सम्बन्धी व्यवस्था

·         विद्युतीय कारोबार ऐन, २०६३ तथा नियमावली, २०६४

·         सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली, २०६५

·         सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५

·         सूचना तथा सञ्चार प्रविधि नीति २०७२

·         दूरसञ्चार ऐन २०५३ र नियमावली २०५४

·         विद्युतीय सरकार गुरुयोजना, २०६२

·         पन्ध्रौँ आवधिक योजनाले गरेको व्यवस्था

Ø  संस्थागत प्रयासहरू

·         शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,

·         सूचना तथा सञ्चार प्रविधि मन्त्रालय,

·         उच्चस्तरीय सूचना प्रविधि आयोग,

·         सूचना तथा सञ्चार विकास आयोजना,

·         राष्ट्रिय सूचना आयोग,

·         सूचना प्रविधि पार्क विकास समिति,

·         राष्ट्रिय सूचना प्रविधि केन्द्र लगायत का केन्द्रदेखि स्थानीय तहसम्म सबै सरकारी निकायहरू आदि।

Ø  कार्यक्रमगत प्रयासहरू

·         पहिलो पटक भरपुर नगरपालिका मा स्थानीय स्तरमा विसं २०५९ सालमा विद्युतीय शासन लागु भएको,

·         नेपालमा विद्युतीय शासन लाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सन् २००६ मा इ गभर्नेन्स मास्टर प्लान लागू,

·         बोर्डब्याण्ड नीति २०७१ बमोजिम विभिन्न कार्यगत व्यवस्था अघि सारिएको छ।

·         सूचना तथा सञ्चार प्रविधि नीति २०७२ ले विद्युतीय शासन लाई बढावा दिने कार्यक्रम कार्यनीति र योजना अघि सारेको छ।

·         सबै मन्त्रालय विभाग तथा कार्यालयहरूमा वेबसाइट निर्माण तथा सञ्चालनका लागि सूचना अधिकारीको व्यवस्था गरिएको छ।

·         सूचना तथा सञ्चार विकास आयोजनाको व्यवस्था गरिएको छ।

·         कार्यालयहरूमा नागरिक सहायता कक्ष, विद्युतीय नागरिक वडापत्र, विद्युतीय हाजिरी र सामाजिक सञ्जालको प्रयोग गर्ने कार्यक्रम,

·         व्यवस्थापन सूचना प्रणाली,

·         अनलाइन सेवा,

·         विद्युतीय उजुरी र गुनासो सुनुवाइको व्यवस्था लगायत अन्य ।

प्रश्न न.सदाचार भन्नाले के बुझिन्छ ? सार्वजनिक सेवामा सदाचार प्रवर्द्धनका उपायहरू लेख्नुहोस् ।    ५

सदाचार शब्द आचार शब्दमा सत् उपसर्ग लागेर बनेको छ जसको अर्थ असल वा राम्रो आचरण, व्यवहार वा कार्य भन्ने हुन्छ । यस अर्थमा सदाचारी व्यक्ति भन्नाले शुभ आचरण, राम्रो चालचलन वा शिष्ट व्यवहार भएको व्यक्ति भन्ने बुझिन्छ। सदाचार भनेको राजनीतिक रूपमा प्रजातान्त्रीकरण, भ्रष्टाचारजन्य कार्यको न्यूनीकरण, जनसहभागिता, पारदर्शिता, नैतिकता, आचरणयुक्तता, जबाफदेहिता, वैधानिकता आदि पक्ष झल्किएको शासन व्यवस्था हो ।

Ø  सार्वजनिक सेवामा सदाचार प्रवर्द्धनका उपायहरू

·         संस्थागत सुशासन संस्कृति विकास गर्ने

·         सदाचारका मूलभूत मान्यताहरू विकास गर्ने

·         सदाचार पद्धति र संस्कारको विकास गर्ने

·         सबैमा आत्मानुशासन र नैतिक चरित्र विकास गर्ने

·         सार्वजनिक सेवाको पदगत सदाचार नियम बनाउने

·         सदाचार जन्य व्यवहारको अनुगमन र नियमन गर्ने

·         निर्णय कार्य व्यवहार र कार्यान्वयनमा खुला रहने

·         कानुनी शासनको पूर्ण परिपालना

·         नैतिकता अनुशासन र ईमान्दारितामा उच्च ध्यान दिने

प्रश्न न नागरिक दायित्व र कर्तव्य बारे संक्षिप्त चर्चा गर्दै नेपाली नागरिकमा सुसंस्कार अभिवृद्धि गर्नका लागि नागरिक शिक्षामा के कस्ता विषय समावेश गर्न उपर्युक्त ठान्नुहुन्छ ? सुझाव दिनुहोस्।    १०

राज्यको संविधान र कानुनको पालना गर्ने, राज्यलाई अनिवार्य कर तिर्ने, राज्यको राजनैतिक र प्रजातान्त्रिक प्रक्रियामा सहभागी बन्नु, मताधिकार सदुपयोग गरी प्रतिनिधि छनौट गर्नु, राष्ट्र र राष्ट्रियता प्रतिको सम्मान, राष्ट्रिय चिन्ह, झन्डा, गान तथा सहिदको सम्मान गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्ने, राष्ट्रिय सम्पत्ति, प्राकृतिक स्रोत साधनको संरक्षण नागरिक दायित्व र कर्तव्य हो ।

Ø  नागरिक शिक्षामा समावेश गर्नुपर्ने विषयहरू

·         ज्ञान, सीप, क्षमता र चरित्र निर्माण सम्बन्धी विषयहरू

·         सभ्यता, संस्कृति र सामाजिकीकरणको आधार

·         अनवरत सामाजिकीकरणको प्रक्रिया

·         नागरिकमा आफ्नो परिवार, समुदाय, राष्ट्र र विश्व समाजमा आफ्नो जिम्मेवारी बोध गराउने विषयहरू

·           नागरिकलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत गराई व्यक्ति, नागरिक समूह र राष्ट्र बिचको दायरा फराकिलो पार्न विषयहरू

·         प्रत्येक व्यक्तिमा लोकतान्त्रिक संस्कृति र जीवनशैलीको विकास गर्न

·         सामाजिक प्रगति, शान्ति, विश्व भातृत्वको भावना विकास र प्रगतिमा सहायता गर्न

·         विभिन्न संस्कृति र परम्पराप्रतिको सहनशीलता, अहिंसा, सहअस्तित्व, आपसी सम्मान र सुझबुझको विकास गर्न

·         लोकतन्त्र, मानव अधिकार, शान्ति र सहयोग एवं विकासप्रति सकारात्मक प्रवृत्तिको विकास गर्न

·         लोकतान्त्रिक व्यवहार र कार्य संस्कृति

·         राज्यका गतिविधिहरूमा नागरिकको राजनीतिक सहभागिता

·         राज्यका प्रजातान्त्रिक संरचना एवं सङ्गठनको बारेमा जानकारी

·         राज्यको राजनीतिक पद्धतिको बारेमा विस्तृत जानकारी

·         नागरिकका माझमा परिवर्तनशील प्रजातान्त्रिक मूल्यको बारेमा सचेतीकरण

प्रतिक्रिया दिनुहोस