काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा यूएईविरुद्ध नेपालले सातौँ सफलता हात पार्न सफल भएको छ ।
सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदै गर्दा युएईले सातौँ विकेट गुमाएको हो ।
२५.४ ओभरमा १ सय ३ रन बनाउँदा युएईले सातौँ विकेट गुमाएको हो ।
सन्दीपले १२ बलमा ५ रन बनाएका आयन अफजललाई कुशल मल्लको हातबाट क्याच गराए ।