काठमाडौँ । डा. गोविन्द केसी पनि महावीर पुनको आन्दोलनमा सरिक भएका छन् । डा. केसी शुक्रबारदेखि पुनले माइतीघरमा सुरु गरेको आन्दोलनमा आइतबार (आज) पुगेका हुन् ।
पुनले आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
उनी र उनका समर्थक राति पनि माइतीघरमै बसेर आन्दोलन जारी राखेका छन् । उनीहरूले जबसम्म आफ्नो मागहरूको सरकारले सुनुवाइ गर्दैन तबसम्म आन्दोलन जारी राख्ने प्रण गरेको छन् ।