अब ९७० रेञ्जबाट नम्बर उपलब्ध गराउँदै एनसेल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अब ९७० रेञ्जबाट नम्बर उपलब्ध गराउँदै एनसेल


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।

एनसेलले बिहीबार एक सूचना जारी गर्दै ९८० रेञ्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको रेञ्जमा सिमकार्ड सकिएकोले अब ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको जनाएको छ।

सूचनामा भनिएको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मिति २०७९/१२र६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०…….. देखि सुरु हुने नयाँ मोबाइल नम्बर सुचारु गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौँ,’

एनसेलले दूरसञ्चारको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेञ्जका लागि स्वीकृति पाइसकेको र सोही अनुरूप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्न कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस