दश प्रतिशत शय्या छुट्याई विपन्नको निःशुल्क उपचार गर्न निर्देशन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दश प्रतिशत शय्या छुट्याई विपन्नको निःशुल्क उपचार गर्न निर्देशन


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न बिरामीको लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउन निर्देशन दिएको छ । 

मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई यस्तो निर्देशन दिएको हो । 

उपसचिव एकदेव खनालद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउनु पर्ने उल्लेख गरिएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस