२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रावा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

अ+ अ-

काठमाडौँ । रावा इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा कार्यालयसमय भित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत २३ गतेदेखि बिक्री खुला गरेको थियो ।कम्पनीले स्थानीय बासिन्दाहरूका लागि भने आवेदन म्याद थप गरेको छ । स्थानीय बासिन्दाले वैशाख २४ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले स्थानीय बासिन्दाहरूका लागि आफ्नो जारी पुँजीको २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसअनुसार १०० अङ्कित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ । खोटाङ जिल्ला केपीलासगडी गापा (साबिक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरूले आवेदन दिन सक्ने यस कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५६ लाख रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । प्रतिसेयर १०० अङ्कित दरले ५६ हजार कित्ता साधारण सेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

रावा इनर्जीको आईपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको सङ्केत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, साबिकको सेन्चुरी बैंक (हाल प्रभु बैंक) बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट अर्थात् प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस