काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले पानी जहाज, रेल, घर घरमा ग्यासजस्ता कुरा गरेर देशमा आर्थिक सङ्कट निम्त्याएको आरोप लगाएकी छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले विगतको सरकारले अनुत्पादित क्षेत्रमा लगानी गरेका कारण अहिले देश आर्थिक सङ्कटमा परेको बताएकी हुन् ।
उनले भनिन्, ‘अहिले देश आर्थिक सङ्कटमा छ, किन यस्तो अवस्था आयो ? पक्कै पनि पहिलेका सरकारले ध्यान नदिएर होला । पानी जहाज, रेल, घर घरमा ग्यास, लाइनको कुरा गरेर समय खेर फालेर होला । कर्णालीको जडीबुटी आफैँमा सुनको मूल्य बराबर छ, यसको प्रवर्द्धन र बजारीकरणले देशलाई आर्थिक सङ्कटमुक्त गर्न सकिन्छ ।’
यसअघिका सरकारले आवश्यक तुलनात्मक लाभका क्षेत्रमा लगानी नगरेको भन्दै अब गम्भीर समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ ।