२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौरा महोत्सव सम्पन्न

अ+ अ-

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल जिल्ला शाखा कैलाली र युबा विकास केन्द्र धनगढीको संयुक्त आयोजनामा धनगढीमा मंगलबारबाट सुरु भएको गौरा महोत्सव २०७४ आज सम्पन्न भएको छ ।

युवा विकास केन्द्रका अध्यक्ष युवराज जोशीको अध्यक्षतामा सम्पन्न महोत्सव समापन समारोहमा गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिमबहादुर देउबा प्रमुख अतिथि रहेका थिए । समापन समारोहमा चार जना ब्यक्तित्वलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सुदूर पश्चिमका बरिस्ठ साहित्यकार ज्योतिष मनिराज जोशी, बरिस्ठ डेउडा गायक भोजराज भाट, बरिस्ठ संस्कृतिकर्मी चन्द्र सिंह प्रपाला र कला, साहित्यका क्षेत्रमा कलम चलाई रहेका सञ्चारकर्मि नवराज पनेरूलाई सम्मान गरिएको हो ।

महोत्सव समापन समारोहमा चर्चित लोक गायक जनक कार्की, गायिका चाँदनी घिमिरे, निर्मला मौनी लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विशेष आकर्षकको रुपमा लोपोन्मुख अवस्थामा रहेको लाखेनाचलाई प्रस्तुत गरिएको थियो । तीन दिनदेखि सञ्चालित डेउडा प्रतियोगिताले पनि महोत्सवलाई थप आकर्षक गरेको थियो ।

डेउडा प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पस ‘बि’ समूह प्रथम, कालिकोट महिला समूह दितिय , कैलाली बहुमुखी क्याम्पस तृतीय र तारानगर महिला समूह सान्त्वना भएको छ । सम्पूर्ण बिजेता समुहलार्इ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

समापन समारोहमा चुरे गाउपालिकाको अध्यक्ष धनबहादुर रोकामगर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका प्रदेश न.७ का संयोजक सुरत रावत ‘डोटेली कान्छा’ रहेका थिए । समारोहमा धनगढी नगरका पूर्व नगर प्रमुख खेमराज पाण्डेय, पूर्व प्रहरी उपरीक्षक दानबहादुर रावल, बरिस्ठ डेउडा गायक भोजराज भाट, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, प्रतिस्ठानका सेती अञ्चल बरिस्ठ उपाध्यक्ष दामोदर रिजाल, प्रथम उपाध्यक्ष पूर्ण भाट लगायतको सहभागीता रहेको थियो । । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल कैलाली अध्यक्ष दलबहादुर बोगटीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सुभाष भण्डारी र सुशीला देउवाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस