२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध लगाएको छ ।

एयर इण्डियाको जहाज र नेपाल एयरलाइन्सको जहाज झण्डै ठोक्किन पुगेको घटनालाई लिएर प्राधिकरणले एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध लगाएको हो ।

गत शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो ।

सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो ।

उक्त घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इण्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणले जनाएको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरमा कार्यरत तीन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) पनि कारबाहीमा परेका छन् ।

एउटै उचाइमा दुई जहाजलाई एकै पटक उडान अनुमति दिइएको विषयमा अनुसन्धान गर्न विमानस्थल टावरमा कार्यरत तीन जना एटीसीलाई समेत कारबाही गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । निरौलाका अनुसार छानबिन समितिको अध्ययन प्रतिवेदन नआउँदासम्म तीन जना एटीसीले काम गर्न पाउने छैनन् ।

दुई जहाज एकै ठाउँमा होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान छ । कम दूरीमा दुई जहाज होल्ड भएपछि हवाई क्षेत्रको सेफ्टी र सेक्युरिटीप्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको उनले बताए । उक्त समय दुई वटै जहाजमा गरी ३५० यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस