२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अञ्चल अस्पतालबाटै हुन्छ बिरामीको ‘किनबेच’

अ+ अ-

काठमाडौं । पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा रहेका बिचौलियाले बिरामी किन्ने र निजी अस्पतालाई बेच्ने गरेका छन् ।

अञ्चल अस्पताल अगाडी लहरै हरदम आधा दर्जन भन्दा बढी संख्यामा खडा रहने मारुती भ्यान, एम्बुलेन्स आदिलाई एउटा विरामी ल्याएबापत निजी अस्पतालले रकम दिने गरेका छन् ।

अस्पतालमा आएका विरामीलाई अस्पतालबाट वा बाटैबाट मोडेर विराटनगरलगायतका स्थानमा भएका निजी अस्पताललाई एकजना विरामी लगिदिए वापत चालकहरुले न्यूनतम ५ सयदेखि डेढ हजारसम्म रकम पाउने गरेका छन् । अस्पतालभित्र र वरपर हुने यस किसिमको खरिद बिक्रीबारे स्थानीय पनि जानकार छन् ।

ठूला निजी स्वास्थ्य संस्थाले विरामी पठाउन सहयोगी वातावरण होस् भनेर आफ्ना एजेन्ट नै सरकारी अस्पतालमा खटाउने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘पूर्वाञ्चलका निजी अस्पतालले विरामी तान्न मार्केटिङ एक्ज्युकिटिभ समेत यहाँ खटाएका छन्,’ एक स्थानीयले भने ।

‘मेरी श्रीमती नितुदेवी यादवलाई यहाँ आकस्मिक उपचारमा ल्याउँदा घन्टौं कुर्नु पर्‍यो । त्यहीबेला यहाबाट बाहिर उपचार गराउन लाने हो भने मारुती भ्यान मगाइ दिन्छु भनेर अस्पतालमै मलाई भन्न आइपुगे,’ स्थानीय युवा देवनारायण गुरमैताले कान्तिपुरसँग भने । औषधि बिक्रि प्रवर्धन गर्ने मेडिकल रिप्रजेन्टेटिभजस्तै निजी अस्पतालको व्यापार प्रवर्धन गर्ने प्रतिनिधिहरुमात्र नभएर चिकित्साकर्मीहरुसमेत यसमा संलग्न रहेको स्थानीयको दावी छ । आजको कान्तिपुर दैनिकमा खवर छ ।

0 Comments