काठमाडौँ । तनहुँमा गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
शनिबार (आज) दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका–१ नाहालामा दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बागमती प्रदेश ०६-००१ ज ००१७ नं.को फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
घाइतेमध्ये ४ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ भने ७ जनालाई काठमाडौँस्थित ट्रमा अस्पतालमा पठाइएको छ । चालकको तनहुँमै उपचार भइरहेको छ।