उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिने भएको छ।

यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा उजुरी दिने तयारी गरिएको एमाले सांसद महेश बर्तौलाले बताए।

‘हामी ६ बजेसम्म उजुरी दर्ता गर्नेछौँ। यो संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्ने हो। तर उहाँ उठ्नु भएकोले हामीले उजुरी दिन लागेका हौँ’, उनले भने।

जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला यादवलाई पनि उम्मेदवार उठाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस